नेपाली कांग्रेस विपीको डडेल्धुरा संयोजकमा हमाल

लोकपथ
221
Shares

डडेलधुरा । प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श मान्दै आएको पार्टी नेपाली कांग्रेस (वीपी) डडेल्धुरा संयोजकको जिम्मेवारी तिलक हमालले पाएका छन् ।

बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा हमाललाई संयोजकको जिम्मेवारी दिइएको हो ।

नेपाली कांग्रेस वीपीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन् ।

अब छिट्टै जिल्लामा कार्य समिति विस्तार गर्ने हमालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?