कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन गर्ने निर्णय गर्‍यो : देव गुरुङ

लोकपथ
156
Shares

काठमाडौं । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संशोधन र परिमार्जनविना यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले गठबन्धनभित्र छलफल नगरी कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस नहुने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा विरोध गरिरहेका बेला सरकारले पेस गर्ने प्रस्तावसहितका विषयमा गठबन्धनभित्र छलफल गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन प्रस्ताव पेस गर्ने निर्णय गरेको भन्दै उनले तर, यसलाई रोकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?