प्रधानमन्त्रीसँग प्रचण्डको भेटपछि बोलाइयो गठबन्धनको बैठक, आज एमसीसी टेबल नहुने

लोकपथ
329
Shares
??????????? ?????? ???????? ????? ????

काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल नहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि संसदमा एमसीसी टेबल नगराइने भएको हो ।

त्यस्तै एमसीसीका विषयमा छलफलका लागिगठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

भोली दिउँसो ३ बजेका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल हुने भएपछि प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । त्यसअघि एमसीसीका विषयमा छलफल गर्न माओवादीको संसदीय दलको बैठक बसेको थियो । बैठकमा यथास्थितीमा एमसीसी पास गर्न नसकिनेसहितका विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?