एमसीसीको समर्थनमा ‘वेल कम एमसीसी’ प्लेकार्डसहित प्रदर्शन (तस्बिरसहित)

लोकपथ
7.7k
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ।

काठमाडौंको अनामनगरमा मोटरसाइकलसहित भेला भएर स्वतन्त्र नागरिक समाजले एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन्।

सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि विरोधीको मात्र आवाज बाहिर आएको भन्दै
‘वेल कम एमसीसी’ लेखिएको ब्यानरसहित स्वतन्त्र नागरिक समाजले मोटरसाइकल र्‍याली सहित एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने कार्यसूची रहेको छ । एमसीसी टेबल गर्ने तयारीपछि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?