भक्तपुरमा कन्टेनर र मोटरसार्इकल जुध्दा १ जनाको ज्यान गयो

भक्तपुर : मनोहरा पूलमा कन्टेनर र मोटरसार्इकल एकअापसमा जुध्दा एक जनाको ज्यान गएको छ। 

ना ६ ख ५६ ४० नम्बरको कन्टेनर र बा ८८ प २ ८० नम्बरको मोटरसाईकल ठोक्किँदा काभ्रे जिल्लाको गैरीबेनीका ३४ वर्षीय गणेश दुलालको ज्यान गएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । 

कन्टेनर चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?