काठमाडौं । प्रतिनिधि सभाको सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था तथा परामर्श समितिको बेठक बसेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको संसद सचिवालयले जनाएको छ ।
आज प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने कार्यसूची रहेको छ । त्यसअनुसार मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न समितिको बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए । बैठकमा संसदको गतिरोध साथै एमसीसी टेबल गर्ने विषयमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया