बहसमा एमसीसी : सरकारसँग माओवादीका तीन सर्त

लोकपथ
3.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ ।

आज प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने तयारी भइरहेका बेला माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको थियो ।

आजको बैठकले विभिन्न तीन एजेण्डाहरुमा छलफल गरेको छ । बैठकले एमसीसी शंशोधन गर्न पहल गर्ने, विपक्षी दलले गरिरहेको संसदको अवरोध हटाउन पहल गर्ने र एमसीसीका विषयमा राष्ट्रिय सहमति नजुटेसम्म त्यसलाई अपिघ बढ्न नदिने विषयमा छलफल भएको माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

‘एमसीसीमा रहेका असमान सर्तहरु, असमान प्रावधानहरु संशोधन नगरीकन परिमार्जन नगरीकन यथास्थितीमा यसलाई अघि बढाउन सकिँदैन । यसलाई पास गर्न सकिँदैन । र जबरजस्ती रुपले पास गरियो भने हामी त्यसको विपक्षमा हुनेछौँ । र त्यसको विपक्षीमा मतदान गर्ने । संशोधन र परिमार्जन नगरीकन त्यसलाई समर्थन गर्न नसकिने ।’ उनले भने, ‘सदन प्रतिपक्षी पार्टीले अवरुद्ध गरिरहेको अवस्था छ । सदन सुचारु गर्नलाई जोड दिने सदन सुचारु नगरीकन कुनै पनि एजेण्डाहरु अगाडी बढ्दैन । त्यसकारण सदन सुचारु गर्न जोड दिने । सदन सुचारुका लागि विपक्षी दलँसँग पनि आग्रह गर्ने ।’

त्यसैगरी एमसीसीको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि सबै दलसँग आह्वान गर्ने विषयमा छलफल भएको उनले बताए ।
‘एमसीसीको विषयमा राष्ट्रिय सहमती नजुटिकन, सबै दलहरुको बीचमा सहमती नजुटिकन चाँही यो पक्रिया अगाडि बढ्न सक्दैन । यसकारण एमसीसी अगाडी बडाउने हो भने राष्ट्रिय सहमती जुटाउन छलफल गर्नुपर्छ । कसेकम सरकारमा रहेका दलहरुकाबीचमा सहमती हुनुपर्दछ भन्ने निर्णय भएको छ ।’ उनले भने ।

उनका अनुसार सरकारले सहमति नगरी जबरजस्ती एमसीसी पास गरेमा गठबन्धनबाट बाहिरिने समेत चेतवानी दिए ।

‘सरकारले सहमती बिना जबरजस्ती गर्न खोज्यो भने सरकारले गठबन्धन तोडेर गर्ने कुरा हुन्छ ।’ उनले भने ।

आज प्रतिनिधि सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने बताइएसँगै सत्तारुढ दलकै माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनहरु विरोधमा निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?