काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गराउने सम्बन्धमा सत्तारुढ गठबन्धनभित्र अन्यौलता छाएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादीले आफ्नो धारणा स्पष्ट नराखेपछि एमसीसी अनुमोदन गराउने विषयमा अन्यौलता देखिएको हो ।
गठबन्धन दलले नै साथ नदिएछि एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेसले प्रयास गरिरहेको छ ।
कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदनको लागि संसदमा टेवल गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अनुमति दिएको थियो ।
सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेका छन् ।
सत्तारुढ दलमध्ये माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीका केही बुँदा राष्ट्रघाती भएको जनाउँदै संशोधन नगरी पास नगर्ने बताएका छन् । यता जसपा भित्र एमसीसीलाई लिएर एकमत छैन यद्यपी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसी पास गनुपर्नेमा जोड दिँदै आइरहेको छन्।
जसपा भित्र अध्यक्ष उपेन्द्र यादव पक्ष एमसीसीको विरोधमा छ भने बाबुराम भट्टराई पक्ष अहिलेकै अवस्थामा ढिला नगरी अनुमोदन गर्नुपर्छ भन्नेमा छन् ।
‘गठबन्धनमा सहमति नभए अर्को प्रक्रिया सुरु हुन्छ । अर्को प्रक्रियाका बारेमा कांग्रेसले आवश्यक निर्णय लिनेछ,’ नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले भने ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । सरकारले पहिला एमसीसीका बारेमा औपचारिक धारणा सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने जनाउँदै आएको छ ।
प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोध गर्दै आएको छ । राप्रपाले एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टी पनि एमसीसीको विपक्षमा रहेको छ । प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको मजदुर किसान पार्टीले सुरु देखि नै एमसीसीको विरोध गर्दै आएको छ ।
सरकारलाई समर्थन दिएको तर मन्त्रिपरिषद्मा सहभागी नबनेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० मात्र एउटा यस्तो दल हो जसले स्पष्ट रुपमा एमसीसी अनुमोदन गर्न सघाउने निर्णय गरेको छ ।
‘एमसीसी अनुमोदन गर्ने निर्णय हाम्रो पार्टीले गरेको छ । हामी एमसीसीको पक्षमा छौं,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया