आज दिनभरको मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
98
Shares

१. भोलिको संसद् बैठकमा एमसीसी पेस गर्ने कांग्रेसको निर्णय, एमसीसी टेबल गर्दा नाफा घाटा नहेर्ने सबै दललाई सहयोग गर्न प्रधानमन्त्री देउवाका आग्रह

२. प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा माग, ‘खोप पाँच हजार रुपैयाँमा किनेर लगाएको भन्ने भनाइ झुटो र अफवाहपूर्ण रहेको दाबी

३. माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक, भोलि बस्ने बैठकमा एमसीसीको विषयमा अन्तिम रणनीति तयार गरिने ।

४ भोलि प्रतिनिधिसभाको बैठक बस्दै, बैठक अगाडि सभामुख अग्नी प्रसाद सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक ।

५ नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक ८ फागुनबाट सुरु हुने, बैठकमा पदाधिकारीलगायतका जिम्मेवारी बाँडफाँट हुने ।

६. एमसीसी चीनविरुद्ध नरहेको नेपाली कांग्रेसका नेता रामशरण महतको भनाइ, एमसीसी नेपालकै हितमा रहेकाले यसलाई पारित गर्नुपर्नेमा जोड ।

७. एकीकृत समाजवादी पार्टीले एमसीसी सम्झौता टेबल भए पास हुन नदिने, संशोधनबिना एमसीसी पास गर्ने वातावरण पनि बन्न नदिने चेतावनी ।

८. जनता समाजवादी पार्टीको आन्तरिक विवाद उत्कर्षमा, अध्यक्ष युपेन्द्र यादव अल्पमतमा, भट्टराईसमूह बहुमतमा रहेको दाबी ।

९. एमसीसी पास गर्न ढिलाइ गर्नु नहुने नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको भनाइ, विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्नेमा जोड ।

१०. ८७ वर्षको उमेरमा साहित्यकार तारानाथ शर्माको निधन, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त ।

११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९५ जनाको परीक्षणमा थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ८ सय ३५ जना कोरोना संक्रमणमुक्त, २ जनाको मृत्यु ।

१२. मंगलबार सेयर बजारमा हरियाली, नेप्से परिसूचक ५३ दशमलव ३ अंकले बढ्यो, कारोबार रकम भने ३ अर्ब २३ करोडमा सीमित ।

१३. छात्रालाई बलात्कार गरेको अभियोगमा इन्डोनेसियाका एउटा बोर्डिङ स्कुलका सञ्चालक तथा शिक्षकलाई आजीवन जेलसजाय, मृत्युदन्डको सजाय माग ।

१४. सहिद स्मारक ‘ए डिभिजन लिग’ फुटबलअन्तर्गतको खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब बराबरीमै रोकिए, खेलमा भने ६ गोलको वर्षा ।

१५. र, यूईएफए च्याम्पियन्स लिगअन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा आज पीएसजी र रियल मड्रिड भिड्दै, युवा र अनुभवी खेलाडीको समिश्रण रहेको दुवै टोलीको भिडन्तलाई युरोपेली क्लब महारथीको नाम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?