नेविसंघमा फेरि ३२ वर्ष माथिकैलाई नेतृत्व सुम्पिने तयारी

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतका भातृ संगठनको वर्तमान कमिटी भंग गरेको छ ।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले म्याद सकिएका र नेतृत्वविहीन भएका कमिटी भंग गर्दै नयाँ कमिटी ल्याउने बाटो खोलेको हो ।

पार्टीको १४औँ महाधिवेशनमा नेविसंघ, तरुणदल लगायत संगठन अध्यक्ष केन्द्रीय कमिटीमा निर्वाचित भएसँगै दुवै संगठन नेतृत्वविहीन भएको छ । नेपाल विद्यार्थी संघमा पुनः ३२ वर्ष माथिकै लाई नेतृत्व दिने संकेत देखिएको छ ।

बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले १२औँ महाधिवेशनबाट मात्रै ३२ वर्षीय उमेर हदम्याद लागू हुने बताउँदै ३२ वर्ष माथिकैलाइ पुनः नेतृत्व दिने तयारी गरेको संकेत गरेका हुन् । ‘१२औँ महाधिवेशनको हकमा मात्रै ३२ वर्षीय उमेर हदम्याद लाग्ने विधानमा रहेको छ । त्यसयता सकेसम्म युवा विद्यार्थीहरुलाई नै नेतृत्वमा पुर्याउने तयारी रहेको छ ।’ उनले भने ।

२०७४ सालबाट तत्कालिन सभापति नैनसिंह महरको कार्यकाल सकिएपछि नेविसंघको महाधिवेशन हुन सकेको छैन । त्यसपश्चात सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई नेविसंघको अध्यक्षमा मनोनित गरेका थिए । तर ढुंगाना १४औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै नेविसंघ नेतृत्वविहीन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?