कांग्रेसले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ ’ एक महिने अभियान चलाउने

लोकपथ
175
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जागरण अभियान चलाउने भएको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार फागुन २० गतेदेखि चैत २० गतेसम्म १ महिना ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ भन्ने अभियान चलाउने उनले जानकारी दिए ।

त्यस्तै नेतृत्वविहीन भातृ तथा शुभेच्छुक संगठनहरुको कमिटी भंग गर्दै नयाँ नेतृत्व ल्याउने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?