भातृ संगठनहरुको वर्तमान कमिटी भङ्ग गर्ने कांग्रेसको निर्णय

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठनको वर्तमान कमिटी भङ्ग भएको छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संस्थाको वर्तमान कमिटी भङ्ग गर्ने निर्णय गरेको हो ।

जसअनुसार म्याद सकिएका भातृ संगठनहरुको समयावधी नबढाउने र तीनको अस्तृत्व विघटन गर्ने निर्णय भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकको निर्णय अनुसार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग भएको हो ।

पार्टीको १४औँ महाधिवेशनबाट विभिन्न जिम्मेवारीमा निर्वाचित भएपछि भातृ संगठनमा भएको पद स्वत रिक्त भएको बताउँदै नयाँ कमिटी ल्याउन लागेको प्रवक्ता महतले बताए । त्यस्तै नेपाल दलित संघको आगामी महाधिवेशन चैत ७ गतेबाट गर्न निर्देशन समेत दिएको छ ।

कांग्रेसको धेरै भातृ संगठनहरु नेतृत्वविहीन अवस्थामा रहेका थिए भने कतिपय भातृ संगठन महाधिवेशन गर्न नसकेको अवस्थामा छन् ।

त्यस्तै नयाँ कमिटी ल्याउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?