१३ चैत्र २०७९, सोमवार

तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

२०७४,आश्विन,२६,बिहीवार ०८:००

0
Shares

पथरी, मोरङ, २६ असोज ।तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् ।फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन् । पूर्वाञ्चलको विभिन्न बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत बिक्रेता नागेन्द्र ट्रेडर्सले आयात गरेको स्याउ बिक्री गर्दै आएको छ । भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ आयात गर्ने गरेका छन् ।चिनियाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मन पराउने गरेका छन् । विराटनगर–६ स्थित केशलिया रोडमा स्याउको अधिकृत बिक्रेता नागेन्द्र टेड्रर्सका सञ्चालक नागेन्द्र दास अन्य समयको तुलनामा दशैँ, तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी भएकाले बढी परिमाणमा आयात गरिएको बताए ।इटहरी, धरान, विर्तामोड, विराटचौक, उर्लाबारी, इनरुवा, जनकपुरलगायत ठाउँमा दासले नै डिपो खोलेर स्याउ बिक्री गरिरहेका छन ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०८:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक

आजको महँगीको जमानामा सबैचिज महँगो भइरहेको छ । त्यसमा पनि सवारीसाधन महँगो नहुने कुरै भएन । तर नेपाली बजारमा जम्मा

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६