नेपालमा कोरोना : घट्दै संक्रमित, कस्तो छ पछिल्लो तथ्यांक ? (विवरणसहित)

लोकपथ
189
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ९५ जनाको परीक्षण गर्दा ४ सय ९८ जनाको पीसीआर र १८२ जनाको एन्टीजेन पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २ पुगेको छ ।

पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ४ सय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?