नेपाल लाइफले ल्यायो ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

लोकपथ
169
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ ।

बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्‍याउने उद्देश्यका साथ विभिन्न विशेषता रहेका जीवन बीमा योजनाहरु ल्याउने सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ सो जीवन बीमा योजना ल्याएको जनाएको छ ।

प्रत्येक व्यक्तिले आफु रहँदा पनि र आफु पछि पनि आफ्नो परिवारको उज्जवल भविश्यको परिकल्पना गरेको हुन्छ । तर अनिश्चित जीवन कुनै पनि समयमा घट्न सक्ने अकल्पनीय घटनाले पारिवारिक जीवनशैलीलाई नै परिवर्तन गर्छ । सबै व्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरेको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको बताइएको छ ।

न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो । यसका साथै यो जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्ने कम्पनीले जनाएको छ। न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमांक रकम १,००,०००÷(एक लाख) देखि अधिकतम बीमांक रकम १०,०००,००० रुपैयाँ (एक करोड) सम्मको बीमा गर्न सकिने छ ।

बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जसअनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १ प्रतिशत छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ प्रतिशत थप शुल्क लाग्नेछ । त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५,००,००० रुपैयाँसम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने २५,००,००० रुपैयाँ भन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

समर्पण तथा कर्जा सुविधा

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन । पूर्ण अवधि भुक्तानि र मृत्यु दावि भुक्तानी अवस्थामा बीमांक रकम भुक्तानी पाउने छन् । बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमितलाई फिर्ता दिइने छ ।

बीमालेख चालू भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ । बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ । यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमांक रकम एकमुष्ट भुक्तानी दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?