माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

लोकपथ
175
Shares

काठमाडौं । माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

भोलि (बुधबार) बिहानको लागि संसदीय दलको बैठक बोलाइएको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा कांग्रेसले निर्णय गरेपछि माओवादी केन्द्रले पनि त्यसबारेमा आफ्नो अन्तिम रणनीति तयार गर्न बैठक बोलाएको हो ।

भोलिको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले एमसीसी टेबल गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्र भने यथास्थितीमा एमसीसी नस्वीकारर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?