कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपमा सुरु

लोकपथ
105
Shares
sfFu|]; s]Gb|Lo ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf cfOtaf/ ;’? ePsf] s]Gb|Lo ;ldltsf] a}7s a:b} . sfFu|];n] a}7såf/f @( ;b:oLo …s]Gb|Lo sfo{;Dkfbg ;ldltÚ u7g u/]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार केहीबेरअघि बैठक सुरू भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ । छलफल सकिए बैठकका निर्णय आजै सुनाउने रिजालले बताए । बैठकको एजेन्डामा नभए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महअभियोगबारे पनि छलफल हुँदैछ । महाअभियोग दर्ता भइसकेपछि पार्टीको अबको राणनीतिबारे बैठकमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले यसअघि आजै बिहान बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी प्रस्ताव सदनमा अघि बढाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?