काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताएका छन् ।
बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै नेता डा. महतले सो कुरा बताएका हुन् ।
उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए । नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए । उनले एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानून अनुसार सम्झौता गरिएको बताए । उनले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताउनु भयो । नेता महतले एमसीसी सहयोग कुनै पनि मुलुकको हीत विपरित नभएको दाबीसमेत गरे ।
नेता महतले भने, ‘एमसीसी राष्ट्रको हीतमा छ । यसलाई गलत चर्चा, गलत आलाचना गरेर, झुटको आलोचना गरेर भ्रमपूर्ण आलोचना गरेर यसलाई रोक्नु राष्ट्रको हीत विपरित हुन्छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्र र नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन । एमसीसी यही बैठकबाट पारित हुनुपर्छ । फागुन १६ गतेभित्र पारित भएन भने सहयोग नहुन पनि सक्छ । अरु मुलुकमा जानसक्छ भनेर उनीहरुले भनिरहेको छ । एमसीसी कुनै पनि हालतमा पारित गर्न जरुरी छ । यो पारित गर्दा राष्ट्रको हीत, राष्ट्रको आर्थिक वृद्धि हुनेगरी निवारण गर्ने, रोजगारीका अवसरहरु बढ्ने, लगानी बढ्ने, पूर्वाधारको विकास भएपछि आगामी वर्षहरुमा विद्युतको उत्पादन बढ्दै जान्छ, त्यसले नेपालको आवश्यक्ता पूरा हुन्छ । साथै ठूलो मात्रामा एक्सपोर्ट गर्नुपर्ने जरुरी छ । यसलाई जसरी भए पनि पास गर्नुपर्छ । यसमा गलत खालका आलोचनाहरु गरेका छन् । मिलिट्री सम्झौता हुन्छ, अमेरिकी सेना आउँछ भन्ने त्यो सरासर गलत हो । यो इण्डोप्यासिफिक रणनीति अन्तर्गत पनि होइन । नेपालको कानून विपरित पनि छैन । दुई देशको बचिमा सहमतिअनुसार भएको सम्झौता कानूनअनुसार नै हो । एमसीए अफिस नेपालको कानून बमोजिम नेपालका सरकारी कर्मचारीहरु भएको एमसीएले कार्यान्वयन गर्छ । आलोचना एमसीसीले हस्तक्षेप गर्छ यता उति भन्ने छ त्यो सम्भावना छैन । यसमा इन्टेलिजेन्ट प्रपर्टी राइट पनि नेपालको नै छ । आरोपहरु भ्रमपूर्ण छन् । यो अमेरिकासँग सम्बन्ध बिगार्न भएको प्रयास हो ।’
त्यस्तै बैठकपछि बोल्दै नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताइन् । उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया