काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताएकी छिन् । आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकपछि बोल्दै सो कुरा बताएकी हुन् ।
उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताइन् । उनले अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्र्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्नेमा जोड दिइन । उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने याड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताइ ।
नेतृ कोईरालाले भनिन्, ‘एमसीसी हामीले टेबुल गरेर पारित पनि गर्नुपर्छ । यो एउटा सहयोग हो । अनुदानलाई लिन्न भन्दा राम्रो देखिँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ । हाम्रो यति लामो समयदेखिको सम्बन्ध छ विभिन्न देशहरुसँग त्यो बिग्रिन्छ । त्यसले नेपाललाई धेरै नै क्षति पु¥याउँछ । त्यसैले अब यसलाई धेरै ढिलो गर्नुहुँदैन । यसमै बहस गेर बस्नु पनि हुँदैन । हामीले एउटा निर्णय लिइसकेका छौँ । एमसीसी एउटा अनुदान हो र यसले नेपालका लागि दीर्घकालीन सहयोग पु¥याउँछ । कुनै पनि विकासको योजनालाई लिन्न भन्दा एकदमै हास्यास्पद हुन्छ । नेपाल जहिले पनि एउटा गरिब मुलुक भयो, एउटा यस्तो समुदाय छ नेपालमा जसले विकास नै हुन दिँदैन । कुनै पनि ठूला योजना आउन दिँदैन । जहिले पनि यसलाई बिगार्ने षड्यन्त्र हुन्छ । यो आयोजना हरेक पार्टीको प्रधानमन्त्रीले अघि बढाएको छ । हरेक पार्टी र त्यसबाट बनेका प्रधानमन्त्रीले यो लिन्न यो स्वीकार्य हुन्न भन्नु हुँदैन । उहाँहरुले यसमा सहयोग गर्नुपर्छ । डबल स्ट्याण्डर भएर काम गर्नुभयो भने उहाँहरुको छवि जनतामा बिग्रेर जान्छ । यसले गर्दा अरु काम गर्न हामीलाई ढिला भएको छ । अब यसलाई धेरै ढिला नगरौँ, धेरै बहस गरेर समस्यालाई झनै बल्झाउन नथालौँ । यसलाई चाँडो पास गरेर समस्याको समाधान खोजाँैँ । कसैले नेपाललाई कब्जा गर्न सक्दैन । आजको दिनसम्म कसैलाई कब्जा गर्न दिएनौँ ।’
नेतृ कोईरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताइन् । उनले नेपाललाई एमसीसीले कब्जा गर्न नसक्ने पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया