भर्चुअल ब्राण्ड भेषभूषा डट कम लन्च

लोकपथ
78
Shares

काठमाडौं । भर्चुअल ब्राण्ड www.vesvusa.com ई–कमर्स साइट लन्च भएको छ । भेषभूषा त्यस्तो भर्चुअल थलो हो जहाँ विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरीय सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामानहरु उपलब्ध हुन्छ ।

सोमवार अभिनेता राजेश हमाल, बैंकर रबिना देशराज र आर्थिक पत्रकार समाज (सेजन) अध्यक्ष जनार्दन बरालले भेषभूषा ई – कमर्स प्लयाटफर्मको शुभारम्भ गरेका छन् ।

५ करोड लगानीमा शुरु गरिएको उक्त ड्रिम प्रोजेक्टले अहिले स्वदेशी तथा विदेशी ब्रान्डका तीन दर्जन सामानहरू विक्री गर्नेछ । भविष्यमा सयौ ब्रान्डका सामानहरू विक्री वितरण गर्नुका साथै आफ्नै ब्राण्डमा सामान उत्पादन गर्ने पनि कम्पनीको लक्ष्य छ ।

उपभोक्तालाई सौन्दर्यसँग सम्बन्धीत प्रशाधन, हरेक उमेर र वर्गका उपभोक्ताहरुको रोजाईका पहिरन, जीवन शैलीसँग सम्बन्धीत सयौं थरी समानहरु एकै ठाउँमा सहजै र सर्वसुलभ मूल्यमा पुर्‍याउने उदेश्यसहित यो ड्रिम प्रोजेक्ट शुरु गरिएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तृष्णा आचार्यले बताइन् ।

कम्पनीले गुणस्तरीय सौन्दर्य, फेसन र जीवन शैलीसँग सम्बन्धीत सामानहरू नेपाल भरी विस्तार गर्नुका साथै विदेशी ब्रान्डलाई नेपाली युवापुस्तामा ल्याउने माध्यमको रुपमा प्रस्तुत हुने उनले बताइन् ।

स्वदेशी ब्रान्डलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि पनि भेसभूसा शुरु गरिएको कम्पनीका अध्यक्ष दीपक पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?