सभामुख सापकोटालाई प्रधानमन्त्री देउवाको फोन

लोकपथ
1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच फोनवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राख्न माग आग्रह गरेका हुन् ।

कांग्रेस सभापति समेत रहेका देउवाले पार्टीको संसदीय दलको बैठकबाटै सभामुख सापकोटालाई फोन गरेर बैठक राख्न आग्रह गरेको एक नेताले जानकारी दिए ।

भोलि प्रतिनिधि सभाको बैठक बस्दैछ । भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्बन्धी प्रतिवेदन पेस गर्ने सरकारको तयारी रहेको छ । सो विषयमा छलफल गरेर अघि बढ्न प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरेका हुन् ।

यसअघि सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमसीसी लगायतको विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?