कांग्रेसको संसदीय दलको बैठक सुरु

लोकपथ
195
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ ।

एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?