कांग्रेस सिन्धुपाल्चोक सभापतिमा प्रेमध्वज र वंशलालको प्रतिस्पर्धा

लोकपथ
539
Shares

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा डा.प्रेमध्वज लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।

१४ औं जिल्ला अधिवेशनबाट सभापतिका लागि धेरैले आकांक्षा देखाए पनि अन्ततस् सभापति शेरबहादुर देउवा पक्षधर लामा र शेखर कोइराला पक्षधर तामाङबीच प्रतिस्पर्धा हुने भएको हो ।

२०४६ मा कांग्रेस जिल्ला सदस्य हुँदै गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङको पार्टी संगठन विस्तारमा लाग्ने नेता हुन् ।

काठमाडौंमा बसेर अधिकांश समय प्राध्यापनमा बिताएका लामाले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएर सभापतिमा भिड्दै छन् । लामा सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । लामा सभापति देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट हुन् ।

अन्तिम समयमा तामाङलाई समर्थन गरेर अगाडि बढ्ने रणनीतिमा कोइराला पक्षका नेता छन् । देउवा पक्षमा भने बस्नेतले छानेका व्यक्ति सभापतिको उम्मेदवार हुने निश्चित छ ।

कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन १३ फागुनमा हुँदैछ । समायोजन, क्रियाशील विवाद र विभिन्न आन्तरिक द्वन्द्वले पटक-पटक स्थगित भएको अधिवेशन फागुनमा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?