सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा रहेको छ ।
जबरजस्ती करणी गरि फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको हो । पीडितपक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ । जबरजस्ती करणीका फरार अभियुक्त जितु मण्डललाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ ।
मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितपक्षले किटानी जाहेरी दिएका थिए । जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै उनीहरु फरार भएका थिए ।
रातको ९ बजे सौच गर्न निस्किएकी महिलालाई दुई जनाले जबरजस्ती करणी गरेको प्रमाणहरु घटनास्थलवाट बरामद भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन ।
`हामी न्यायको लागी सयौ पटक जिल्ला प्रहरी कार्यालय जलेश्वर पुग्यौ तर प्रहरीले खोजी हुँदै छ भन्दै टारे´ पीडित महिलाका देवरले गुनासो गरे ।प्रहरीले भने जाहेरीपछि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको दाबी गरेको छ । अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी दिनेश आचार्यले बताए । अभियुक्तलाई भगाइएको वा भागेको विषयमा छानबिन भइरहेको एसपी आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया