१५ मङ्सिर २०७८, बुधबार

देवघाटमा बाँदर आतङ्क

२०७४,आश्विन,२६,बिहीवार ०७:४७

0
Shares

चितवन, २६ असोज ।पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ ।बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने, पसलबाट किनेर ल्याउँदै गर्दा बाटोबाटै खोसेर लैजाने जस्ता समस्या बढेर गएपछि स्थानीयवासीले हैरानी व्यहोर्दै आएका छन् ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार बाँदर आतङ्क साह्रै नै बढेर गएपछि वन मन्त्रालयमा नियन्त्रणका लागि आग्रह गरिएको छ । मन्त्रालयले देवघाट क्षेत्रमा पर्ने चितवन, नवलपरासी र तनहुँ जिल्लाका वन प्रमुखलाई बाँदर नियन्त्रण गर्न कसरी सकिन्छ भन्ने विषयमा रायसमेत मागेको पौडेलले बताए । पौडेलले भने, “वनमन्त्रीले बाँदर नियन्त्रणका लागि काम थाल्न भनेपछि प्रक्रिया अगाडि बढाइएको छ ।”गलेश्वर आश्रम देवघाटका प्रबन्धक महेन्द्र प्याकुरेलका अनुसार वृद्धाश्रममा रहने र स्नानका लागि आउने भक्तजन बाँदरबाट निकै आतङ्कित बनेका छन् । उनले भने, “खाइरहेको खाना बाँदरले उठाएर लैजाने गर्दछ ।” दैनिक दुई–तीनजना वृद्धवृद्धालाई बाँदरले घाइते बनाउने गरेको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक डा कृष्ण काफ्लेका अनुसार बाँदरको प्रजनन चारदेखि पाँच वर्षमा हुने गर्दछ । १६० दिनमा बच्चा जन्माउने गर्दछ । एक पटकमा प्रायः एउटा मात्रै बच्चा जन्माउने भए पनि पुनः छिट्टै गर्भाधारण गर्नाले यसको सङ्ख्या निकै छिटो वृद्धि हुने उनले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
 २०७८,मङ्सिर,१५,बुधबार १९:१९