काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छिन्।सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन् ।
उनले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन्। उनले विकास आयोजनाको नाममा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्थाले देशको विकास हुन नसक्ने बताइन् ।
मन्त्री झाँक्रीले स्थानीय तहमा भइरहेको वित्तिय हस्तान्तरणको तालमेल मिले नमिलेको सम्बन्धमा बहस हुनु आवश्यक रहेको बताइन् । उनले स्थानीय तहलाई पर्याप्त रुपमा वित्तिय हस्तान्तरण भएको उल्लेख गर्दै गाउँपालिका र नगरपालिकाहरुले आफैँलाई सरकारको रुपमा अभ्यास गरिरहेको बताइन्।
उनले आयोजना बाँडेर चुनाव जित्छु भन्ने मानसिकता त्याग्नुपर्ने बताइन् । आयोजनाहरु स्वचालित ढंगले छनौट हुने तथा आवश्यकता र प्राथमिकिकरणको आधारमा गर्ने प्रणालीको स्थापना गर्नु जरुरी रहेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया