काठमाडौं । कृषि तथा पशुपन्छि विकासमन्त्री महेन्द्र राय यादव र नेपालस्थित युएई दूतावासका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ
कृषि तथा पशुपन्छि विकास मन्त्रालय सिंहदरबारमा सोमबार भएको शिष्टाचार भेटमा राजदूत अलनाक्बीले रासायनिक मल, मल कारखाना निर्माण, कृषि बाली वस्तुको आयात तथा निर्यातमा सहजीकरण र नेपालको समग्र कृषि क्षेत्रमा कृषि क्रान्ति ल्याउनका लागि युएई सरकारले नेपाल सरकारलाई सहयोग गर्न तम्तयार रहेको बताएका छन् ।
राजदूत अलनाक्बीले नेपालको कृषि क्षेत्रमा देखाभएको चासो र सहयोगप्रति मन्त्रीले यादबले धन्यवाद व्यक्त गरेका थिए । दुई देशबीच सहकार्यको वातावरण निर्माण गरि युएईका अत्याधुनिक प्रविधिहरु नेपालमै भित्र्याएर कृषिलाई आधुनिकीकरणको माध्यमबाट उत्पादित कृषि बाली बस्तुको बजार युएई लगायत अन्य मुलुक समेत हुन् सक्ने मन्त्री यादवले बताए ।
साथै उनले युएईमा रहेका नेपालि कामदारहरुको अवस्था, रोजगारी र सेवा सुविधाको विषयमा चासो समेत देखाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया