गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक

लोकपथ
91
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।

न्यूनतम १ हजार मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो । यस निक्षेप योजनाअन्तर्गत ५ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाईदा लिन सकिनेछ ।

साथै, यस निक्षेप योजनाअन्तर्गत योजना अवधिभित्र आफ्नो अनुकूलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाईनेछ ।

यस बैंकले ‘स्वर्णिम निक्षेप योजना’अन्तर्गत उच्चतम ११.५५% ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?