कोरोना : २० हजारमा आइपुगे सक्रिय संक्रमित, कस्तो छ पछिल्लो तथ्यांक ? (विवरणसहित)

लोकपथ
238
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणदरमा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ ।

हाल नेपालमा २० हजार ७ सय ३९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

त्यसो त पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ६ सय ९६ जनाको परीक्षण गर्दा ४ सय ८२ जनाको पीसीआर र २ सय ६५ जनाको एन्टीजेन पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ९ लाख ४० हजार ९ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ३ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार ९ सय पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?