हिजो घटेको सेयर बजार आज के भयो ?

लोकपथ
130
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ ।

सोमबार नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ । तर, नेप्से सूचक बढे पनि सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ४९ हजार कित्ता शेयर ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये सोमबार ७ उपसमूहको परिसूचक बढेका छन् भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक भने स्थिर छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.३४ प्रतिशतले गिरावट आएको छ ।

सोमबार कारोबारमा बुद्धभूमि नेपाल हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्सर नेशनल हाइड्रोपावरको शेयर मूल्य गिरावट आएको छ । तर, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढी ३.८५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ५५ करोडको शेयर खरिदबिक्री गरेर नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?