काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने पक्षमा नरहेको बताएको छ ।
आज बसेको एमाले संसदीय दलको बैठकमा आफूहरु हतारमा निर्णय गर्ने पक्षमा नरहेकोबारे छलफल भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग आएसँगै एमालेले सभामुख र अन्य ४ न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने भन्ने तयारी गरेको समाचारहरुप्रति खण्डन गर्दै सो कुरा स्पष्ट पारेका हुन् ।
‘सभामुख र न्यायाधीशहरुविरुद्ध महाअभियोग अभियोगका विषयमा कुनै निर्णय भएको छैन ।’ उनले भने ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै सभामुखविरुद्ध नाराबाजी गर्दै आइरहेको छ । भने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई बदर गर्दै वर्तमान सरकार निर्माणको बाटो खोल्न परमादेश दिएको भन्दै संवैधानिक इजलासका न्यायाधीशहरुप्रति एमालेको आक्रोश रहेको छ ।
त्यसैगरी सरकारविरुद्ध विभिन्न कोणबाट प्रस्तुत हुने भएको छ ।
कोरोनाविरुद्धको खोप हराएको, छिमेकी देशले भूमि मिच्दा बोल्न नसकेको, अर्थतन्त्र डामाडोल भएको अवस्थामा हामीले खबरदारी गर्न लागेको भट्टराईले बताए ।
‘सत्तारुढ गठबन्धनले गरेको क्रियाकलापका विषयमा सडकबाट हल खोज्नेबारेमा छलफल भएको छ ।’ उनले भने, ‘सरकारले खोप हराएको, छिमेकी देशले भूमी मिचेको कुरामा नबोलेको, ठूला आयोजनाहरुलाई रकम दिन नसकेको लगायतका विषयमा छलफल भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया