काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारविरुद्ध विभिन्न कोणबाट प्रस्तुत हुने भएको छ ।
आज बसेको एमाले संसदीय दलको बैठकले सरकारका क्रियाकलापविरुद्ध विभिन्न कोणबाट उपचार खोज्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
कोरोनाविरुद्धको खोप हराएको, छिमेकी देशले भूमि मिच्दा बोल्न नसकेको, अर्थतन्त्र डामाडोल भएको अवस्थामा हामीले खबरदारी गर्न लागेको बताए । ‘सत्तारुढ गठबन्धनले गरेको क्रियाकलापका विषयमा सडक, सदन र अदालतबाट हल खोज्नेबारेमा छलफल भएको छ ।’ उनले भने, ‘सरकारले खोप हराएको, छिमेकी देशले भूमी मिचेको कुरामा नबोलेको, ठूला आयोजनाहरुलाई रकम दिन नसकेको लगायतका विषयमा छलफल भएको छ ।’
सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएर निर्वाचन बिथोल्न खोजेको समेत एमालेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया