सिंदरबारमा सुरु भयो सर्वदलीय बैठक (तस्बिरसहित)

लोकपथ
959
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

केहीबेरअघि सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित छैन । भने सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरु सहभागी रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषय पेचिलो बन्दै गएपछि सभामुख सापकोटाले निरन्तर प्रतिनिधि सभा बैठक स्थगित गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?