ओलीले भने- ‘निर्वाचन बिथोल्न महाअभियोग आयो’

लोकपथ
286
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन बिथोल्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग आएको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफूहरुले वर्तमान परिस्थितीलाई नजिकबाट निहालेको बताए ।

‘हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं । चुनाव हुन नदिने ढंगले यो महाअभियोग आएको आशंका छ ।’ ओलीले भने ।

त्यसैगरी आफूहरु कुनै पनि हालतमा आवेग र उत्तेजनामा आएर सभामुखविरुद्ध महाअभियोग लगाउने पक्षमा नरहेको स्पष्ट पारे ।

‘उनीहरू कसरी आउँछन् हामी हेर्दैछौं,नेतृत्वलाई विश्वास गर्नुस् हामी तत्कालीन परिस्थिति हेरेर निर्णय गर्छौं । आवेग र प्रतिशोधमा होइन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?