हामी नबोलेका कारण एमसीसीका विषयमा राजनीतिक बेइमानी भयो : उर्जाविद् प्रधान (भिडियोसहित)

लोकपथ
693
Shares

काठमाडौं । उर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना राजनीतिक बेइमानीमा परेको बताएका छन् ।

लोकपथ डट कमले आयोजना गरेको एमसीसी ः यथार्थ र आवश्यक्ता विषायक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उर्जाविद् प्रधानले ठूला मिडियाहरु सुरुमा चुप लागेर बसेका कारण सबै समस्या आएको बताए ।

‘एमसीसी केही पनि होइन राजनीतिक बेइमानी हो । पहिलो गल्ती कहाँबाट भयो भने मिडियाहरुले नै सर्पोट नगरेको कारण गलत रुपमा बाहिर कुराहर आएका हुन् । तर ठूला मिडिया चुप लागेर बसे ।’ उनले भने ।

आफू सुरु देखि नै एमसीसी परियोजनासँग नजिक रहेर काम गरेको बताउँदै त्यस बारेमा भएका भ्रमहरु हटाउन समेत आग्रह गरे ।

अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहित राजनीतिक विश्लेषक तथा विज्ञहरुको समेत उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?