मोबाइल बिगारेको कारण श्रीमतीको हत्या : हत्यापछि आफैँ पुगे प्रहरी चौकी

लोकपथ
806
Shares

काठमाडौं । झापामा आफ्नै श्रीमतीको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

३४ वर्षीया अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा भद्रपुर नगरपालिका-१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ परेका हुन् ।

मोबाइल बिगारेको विषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?