काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बैठक बोलाएका छन् ।
कामु प्रधानन्यायाधीश कार्कीले आज (सोमबार) दिउँसो पछिल्लो घटनाक्रमका विषयमा छलफलका लागि बैठक बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले लोकपथलाई जानकारी दिए ।
‘दिउँसो टी टाइममा अनौपचारिक छलफलका लागि बैठक बोलाइएको हो । बैठकमा आइतबारबाट विकसित घटनाक्रमका बारेमा छलफल हुनेछ ।’उनले भने ।
बैठकमा पछिल्लो घटनाक्रम साथै न्यायालय सुधारका प्रयासका विषयमा समेत छलफल हुने उनको भनाइ रहेको छ ।
आइतबार निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया