१. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, ९८ जना सांसदहरूले गरे हस्ताक्षर, पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए जबरा
२. प्रधानन्यायाधीशमाथिको महाअभियोग निर्वाचन भाँड्ने षड्यन्त्र भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, महाअभियोग प्रस्ताव अनुचित भएकाले मुलुकलाई हानी पुग्ने दाबी ।
३. सभामुख अग्निप्रसाद सापकोटाले भोलिका लागि बोलाए सर्वदलीय बैठक, बैठकमा एमसीसी सदनमा टेबल गर्ने र संसदमा एमालेले गरेको अवरोधलगायतका विषयमा छलफल हुने ।
४. आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य नहुने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको चेतावनी, स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन ।
५. प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वागतयोग्य भएको नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ, जबरा पदमुक्त नभएसम्म बारले आन्दोलन जारी राख्ने ।
६. सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले नेपाललाई हेप्न थालेको नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ, विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेको आरोप ।
७. भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स¥यो, अर्काे बैठक फागुन ४ मा बस्ने ।
८. चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी, सबै सांसदहरूलाई काठमाडौं आउन निर्देशन ।
९. न्यायालयको चिन्ता नगरेका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएको कानुनमन्त्री बडूको भनाइ, प्रधानन्यायाधीशकै कारण न्यायालयमा झण्डै ४ महिनादेखि न्यायिक र संवैधानिक प्रक्रियाहरू अवरुद्ध रहेको आरोप ।
१०. योजनाबद्ध रुपमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको आरोप, देश जोगाउन सबैलाई सचेत हुन आग्रह ।
११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १० हजार १ सय १५ परीक्षणमा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ९ सय ३५ जना कोरोना संक्रमणमुक्त, १० जनाको मृत्यु ।
१२. सेयर बजारमा ब्याजदर वृद्धिको प्रभाव ः नेप्से परिसूचक एक सय अंकले घट्दा ५ अर्ब ९७ करोडको कारोबार ।
१३. यमनमा राष्ट्र संघका पाँच कर्मचारी अपहरणमा, अपहरित कर्मचारीहरूको रिहाइका लागि राष्ट्र संघले पहल गर्दै ।
१४. सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एनआरटी र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमै सकियो, हिमालयनका आशिष गुरुङ बने प्लेयर अफ दि म्याच ।
१५. र, प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा आज लेस्टर सिटी र वेस्ट ह्याम भिड्दै, दुवै टोली एक–अर्कालाई हराएर जित हात पार्ने दाउमा मैदान उत्रँदै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया