एमसीसी विचारधाराको लडाइँ बन्यो, विरोध गर्नुको औचित्य छैन : सरोज मिश्र (भिडियोसहित)

लोकपथ
196
Shares

काठमाडौं । विश्लेषक सरोज मिश्रले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको बारेमा विभिन्न भ्रमपूर्ण अभिव्यक्ति दिनुको औचित्य नरहेको धारणा व्यक्त गरेका छन् ।

शनिबार लोकपथ डट कमले आयोजना गरेको एमसीसीः यथार्थ र आवश्यक्ता भन्ने अन्तरक्रियामा सो कुरा बताएका हुन् ।
‘यो विचारधाराको लडाइँ हो । हाम्रो संविधान भन्दा माथि रहेको भन्ने कुराहरुको आधारमा मात्रै विरोध भएको हो ।’ उनले भनेका छन् ।

त्यसैगरी चीनले अघि सारेको नीति बेल्ड एण्ड रोडमा पनि चीन नीति लागू गरिएको बताउँदै त्यसमा एमसीसीको विरोधीहरुले किन चासो नराखेको भन्दै प्रश्न समेत गरे ।

यो शक्तिराष्ट्र अमेरिका र चीनबीचको वैचारिक लडाइ भएको बताउँदै नेपालमा त्यसबारेमा नकारात्मक धारण बनाउन नहुनेमा जोड दिए ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहित राजनीतिक विश्लेषक, तथा विज्ञहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?