‘एमसीसी नभएको भएपनि अन्य स्रोतबाट ऋण खोजेर यो प्रोजेक्ट अघि बढाउनुपर्थ्यो’ (भिडियोसहित)

लोकपथ
336
Shares

काठमाडौं । विश्लेषक प्रोफेरस कपिल श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नआएको भएपनि अन्य स्रोतबाट रकम ल्याएर भए पनि रोड र ट्रान्समिसन लाइन बनाउनुपर्ने बताएका छन् ।
शनिबार लोकपथ डट कमले आयोजना गरेको एमसीसीः यथार्थ र आवश्यक्ता भन्ने अन्तरक्रियामा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।

श्रेष्ठले एमसीसीको नबुझी विरोध गरेको भन्दै त्यसप्रति कटाक्ष गदै रोड र ट्रान्समिसन लाइन निर्माणको लागि आएको ५५ अर्ब रकम फिर्ता पठाउन नहुनेमा जोड दिए । त्यस्तै एमसीसीको विरोधमा उत्रिएका पूर्वमन्त्री समेत रहेका एमालेका नेता डा. भीम रावलप्रति कटाक्ष समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘एमसीसी हामीलाई चाहिएको हो कि होइन । विद्युत प्राधिकरणका कार्यकारी अधिकृतहरु नै यस विषयमा स्वीकार गर्छन् कि अमेरिकाले एमसीसी नभएको भए पनि हामी एडीबी वा अन्य स्रोतबाट लोन लिएर भएपनि यो प्रोजेक्ट त सञ्चालन गर्नुपर्ने बाध्यता थियो । नभए हामी ठूलो भासमा फस्दैछौँ । त्यसैले यो ५०० विलियन ठूलो रकम हो । भीम रावल जीहरुले सरकारको भत्ता खानेबाहेक उपचारको लागि सरकारको रकम लिने बाहेक यो मुलुकमा कुनै एक पैसाले आएको सुनेको छैन ।’

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहित राजनीतिक विश्लेषक, तथा विज्ञहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?