जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँटफाँट

लोकपथ
8.9k
Shares

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । संस्थाले माघ २१ देखि माघ २५ गतेसम्म बिक्री गरेको आईपीओ आज बाँटफाँट भएकाे हो ।

संस्थाको आईपीओ ४८ हजार ७ सय ९० जनाले हात पारेका छन् । आईपीओ मागभन्दा धेरै आवेदन परेकाे हुनाले गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।

संस्थाको अईपीओमा २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन दिएका थिए । जसमध्ये, २५ लाख ८७ हजार ४ सय १२ जना याेग्य थिए ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमा ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारण बिक्री गरेको थियो ।

आईपीओको नतिजा https://iporesult.cdsc.com.np/, .https://www.prabhucapital.com/ , http://jalpamf.com/ र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?