१८ चैत्र २०७९, शनिवार

सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु

२०७४,आश्विन,२६,बिहीवार ०७:२५

0
Shares

दाङ, २६ असोज ।यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पु¥याएका छन् । नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिए । केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेका मध्ये तीन जनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी न्यौपानेले दिए ।मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको बताए । उनले अस्पतालमै कसैको मृत्यु नभएको भए पनि घरमा मृत्यु भएको खबर आएको बताए । सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिश माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिश गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०७:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८