काठमाडौं । नेकपा एमालेले सबै सांसदहरुलाई काठमाडौं बोलाएको छ । प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै एमालेले सबै सांसद र शीर्ष नेताहरुलाई काठमाडौं बोलाएको हो ।
एमालेले सत्तारुढ दलले महाभियोग प्रस्ताव ल्याएपछि यसबारे पार्टीमा छलफल गर्ने बताइएको छ । नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोग गर्दा भएको हो । महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् ।
आइतबार सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाअभियोग प्रस्तावमाथि ९८ जना सांसदहरुको हस्ताक्षर दर्ता भएको छ ।
सरकारमा मन्त्रीको भागबण्डा खोजेको भन्दै विवादित बनेका प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एशोशियसनले १०७ दिनदेखि आन्दोलन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया