प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो

लोकपथ
98
Shares

काठमाडौं । विशेष कारण देखाउँदै प्रतिनिधि सभाको बैठक पुनः सारिएको छ ।

विभिन्न चरणमा बैठक स्थगित गर्दै भोलिका लागि बोलाइएको थियो । तर संसद सचिवालयले एक सूचना जारी गर्दै फागुन ४ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषय पेचिलो बन्दै गएपछि सभामुखले बैठक निरन्तर सार्दै आएका हुन् । गत पुस ७ गतेयता प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदबाट एमसीसी परियोजना पारित गर्ने तयारी गरिरहेका बेला सभामुखले बैठक स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?