बहसमा एमसीसी : प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको भेट

लोकपथ
175
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच भेटघाट भएको छ ।

आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

एमसीसीको विषयलाई लिएर भएको उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए भने प्रचण्ड र नेपालले संशोधनविना अघि बढाउन उचित नहुने पुर्ववत् अडान राखेका थिए ।

पछिल्लो समय नेपालमा एमसीसीको बहस पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री देउवासहित प्रमुख प्रतिपक्षी दल एमाले पनि यसलाई संसदबाट पारित गर्ने पक्षमा देखिएका छन् । भने यता सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भने यथास्थितीमा पास गर्न नहुने पक्षमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?