करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
56
Shares

झापा । झापाको मेचिनगर नगरपालिका-१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि स्थानका ५० बर्षीय मान बहादुर बराईली रहेका छन्। हिजो बेलुका ४ बजे बराईलीले आफ्नै घरबाट बिजुलीको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो ।

घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?