गठबन्धन बनाए पनि एमालेलाई केही फरक पर्दैन : उपमहासचिव गुरुङ

लोकपथ
7
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल लमजुङले आज बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने धारणा राखे ।

नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गले बताए । उपमहासचिव गुरुङले भने, “एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैन ।” उनले सरकारले एमसिसी सदनमा अघि बढाओस् र गठबन्धनले धारणा बनाओस भन्दै एमालेले त्यसपछि बल्ल आफ्नो धारणा बनाउने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?