दार्चुलामा खसेको भारतीय बेलुनको के हो बास्तविकता?

लोकपथ
679
Shares

दार्चुलाको नौगाड गाउँमा बिहीबार राति आकाशबाट विद्युतीय उपकरण जोडिएको बेलुन खसेको छ । तीनवटा ब्याट्री जडान भएको विद्युतीय उपकरणजस्तो देखिने बेलुन बेलुका ८ बजेतिर खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।

आकाशमा उडिरहेको बेलुनमा भारतीय मोबाइल नम्बर भएको ब्याट्री रहेको विद्युतको पोलमा ठोक्किएको उनले बताए । इलेक्ट्रोनिक उपकरणमा मेमोरी कार्ड जस्ता प्लेटहरू र यसमा जडान गरिएका तीनवटा ब्याट्रीहरू हुन्छन्।

दिइएको मोबाइल नम्बरमा कल गर्दा उत्तराखण्डको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागले वायुमण्डलीय तथ्याङ्क सङ्कलन गर्न बेलुन बाँधेर उक्त यन्त्र उडाएको प्रतिक्रिया दिएको ठगुन्नाले बताए ।

नौगाड गाउँ योजना शाखाका अधिकृत नरेन्द्र ठगुन्ना र विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णसिंह ठगुन्नासहितको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर माधव विश्वकर्माले घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?