काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर गरिएको ६ हजार ६ सय ५४ नमूना परीक्षणमा थप ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया