चिरपट प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ

लोकपथ
221
Shares

काठमाडौं । फर्पिङबाट ज्यान सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ परेका छन् । ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका-६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार राति गिरीले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्रा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते पुरुषलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ हुँदै वीर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको थियो । उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?